Nepali Post
438 FOLLOWERS
This is the first Nepali language website of thought and news published by Nepali professional journalists living in North America since August 31, 2001, with the objective of helping to keep alive the various activities of Nepalis living in different parts of the world including North America and also the Nepali language, literature, and culture.
Nepali Post
2d ago
सामडुप छिरिङ सिमिक लेप्चा
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र?
ठिक यही सूक्तिलाई चरितार्थ हुने एक सफल व्यक्ति हुन्  ..read more
Nepali Post
1M ago
अमेरिकाका बसाइमा धेरै पटक घर अर्थात् नेपाल गएँ । आमालाई बिर्सने (Dementia ..read more
Nepali Post
1M ago
सन्नाटाले छाएको
पूर्णिमाको रात
एकटकले हेर्छु
चन्द्रमालाई
राखेर साक्षी नभका ताराहरु ।
बेर्न र बेरिन खोज्छु
अँगालोमा
लट्पटिन खोज्छु
उनकै पोल्टामा
स्पर्श गर्दै
चुम्बन गर्न खोज्छु
उनको भरिलो मुहारमा
तर
उचाइ पुग्दैन मेरो ।
उनी जान्छिन् टाढाटाढा
अस्ताउँदै क्षितिजबाट
बलवान रहेछ समय
सकिन पछ्याउन
झसङ्ग बिउँझिन्छु
आखिर सपना रहेछ
जीन्दगी । ..read more
Nepali Post
2M ago
साहित्यका विभिन्न विधा उपविधा हुन्छ। तिनमा कविता एउटा ठुलो विधा हो। यसभित्र अनेक हाँगाविँगा छन्। एक हरफे कवितादेखि लिएर लाखौं श्लोक बएको महाकाव्य पनि कविता रूप हुन्। त्यसैगरि गीत, गजल, तांका, मुक्तक, सनेट, रूबाइ, शायरी, लिमेरिक्स आदि सबै नै कविताभित्रका उपविधा हुन्।
क) व्युत्पत्तिगत अर्थ- गजल शब्द अरबेली भाषाको तीन शब्द मिली बनेको छ। ग को अर्थ बोली वा वाणी वा कुराकानी हो। ज को अर्थ नारी हो र अलको अर्थ साथ वा सँग हो। यसर्थ, गजल शब्दले  ..read more
Nepali Post
3M ago
(लेखक: नवीन पौड्याल)
नेपाली साङ्गीतिक जगत्मा थुपदेन भोटियाको स्थान उँचाइमा छ। सङ्गीत पारखीका निम्ति उनको गीत गायन सुमधुर र सुगम हुन्छन्। गम्भीर श्रोता र सचेत व्यक्तिका निम्ति थुपदेनको गायनमा उत्कृष्टता हुन्छ। उनका गीतमा गायनको गहिराई, स्वरको अमृतमय स्वाद, भावलहरी गोता लाउने र सिर्सिरे हावाका मन्द बहावसरह, आत्मिक आनन्द दिने किसिमको हुन्छ। गीतको रचना चयन, शब्दोच्चारण, धुनको मनमोहकता आदिले गम्भीर श्रोताका निम्ति उनका गीतले आनन्द दिन्छन्। सबै गीत मिठा छन्, गीतहरू सुनिरहूँ लाग्ने, गीतमा नै डुबिरहूँ लाग्ने। उनका गीतका शब्द शब्दमा मर्म हुन्छन्, सुन्दा श्रोता कल्पनामा कता कता पुग्छन्, आकाशमा विचरण गर ..read more
Nepali Post
4M ago
(कर्म छिरिङ लेप्चा र श्रीमती प्रेमकित सिमिक लेप्चा)
कालिम्पोङ बजारदेखि पूर्वतिर पैंयूर दलपचन बस्ती छन्। तिनको तल्लो भेगतिर रेली खोलाको ठिकमाथि एउटा सुरम्य गाउँ छ-बिद्याङ। बिद्याङ् पहिले अपरिचित, अच्रर्चित, पछौटे र अभेक गाउँ थियो। न सडक, न बिजुली, न विकास नै पुगेको थियो। अहिले त्यो बिद्याङ विकसित, अगुवा, उद्यमी र चर्चित बनेको छ। अहिले त्यहाँका प्रत्येक घर होमस्टे र रिसोर्ट बनेका छन्, गाउँ नै कृषि र फूलको फार्म बनेको छ। गाउँ नै उद्यमी, परिश्रमी मानिसहरूको नमूना बनेको छ। त्यस गाउँमा पर्यटनको आकर्षण बढेको छ, त्यस गाउँदेखि तल रेली खोला भने मनोरञ्जनको केन्द्र बनेको छ। हेरिरहूँ लाग्ने खेतका गह्रा, रम ..read more
Nepali Post
5M ago
नेपालमा झाँगिएर गएको भ्रष्टाचार नै लोकतन्त्र संस्थागत गर्ने मार्गमा प्रमुख वाधक भएको धारणा पूर्व प्रधान न्यायाधीश शुसिला कार्कीले व्यक्त गर्नुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा २०८० मंसिर २४ गते मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाण्डौमा सम्पन्न लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै कार्कीले ठूलो संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको र विकल्प खोज्न पनि नहुनेमा जोड दिँदै भ्रष्ट नेताहरु कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै सांसद अमरेशकुमार सिंहले एनसेल घोटाला ..read more