पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
Adarsha
by आदर्श समाज
5h ago
पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५ नम्बरको निजीकार सोमबार राति साढे १२ बजे पोखरा–बागलुङ राजमार्ग अन्तर्गत विद्युत कार्यालय नजिक डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो । ठक्करबाट कारको अगाडि भाग पूर्ण क्षति भएको छ ।  ..read more
Visit website
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
Adarsha
by आदर्श समाज
6h ago
पोखरा । राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत ५ किमी छात्र/छात्रा सडक दौडको तयारी तीव्र पारिएको छ । यही २९ वैशाख शनिबार पोखरा १, पुरानो टुँडिखेलस्थित विद्यालय परिसरदेखि सुरु हुने दौडमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । प्रतियोगिता सभ्य र भव्यरुपमा सफल पार्न आइतबारको बैठकले रुट तय गरेको छ । विद्यालयबाट सुरु हुने दौड विन्ध्वासिनी मन्दिर, बागलुङ बसपार्क, भीमसेनचोक, कोपिलढुंगा चोक, ज्ञानभूमि स्कुल, बाल मन्दिर, पिएन क्याम्पस, भीमकालीपाटन, पोखरा वडा १ कार्यालय, सिम्पानीचोक हुँदै विद्यालयमा आइ टुंगिनेछ । विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुर ..read more
Visit website
दुआथलनमा टमटा र खड्का विजयी
Adarsha
by आदर्श समाज
6h ago
पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ आयोजनामा आइतबार पोखरामा नेपाली राष्ट्रिय खेलाडी हिमाल टमटाले खुलातर्फ निर्धारित दुरी पार गर्न कुल ५१ मिनेट २४ सेकेण्डको समय लगाए । महिलातर्फ कुल १ घन्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरी मञ्जुकुमारी खड्का विजयी भएकी हुन् । प्रतियागिता अन्तर्गत नै सम्पन्न राष्ट्रिय दुआथलन अन्तर्गत उनीहरुलाई नै विजेता घोषणा गरिएको छ । दुआथलनमा विभिन्न चार देशका पुरुषतर्फ ९ र महिलातर्फ ३ खेलाडी गरी १२ जनाले भाग लिएका थिए । विजयीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, ने ..read more
Visit website
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
Adarsha
by आदर्श समाज
7h ago
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा आइतबार त्रिभुवन शान्ति र अम्मरसिंह मावि विजयी भए । पोखरा रंगशलाामा भएको पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पूरा २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको बलिङमा स्वीकृति गुरुङले २ विकेट लिइन् । जितका लागि १०३ लक्ष्य पाएको त्रिभुवनले १४.४ ओभरमा ६ विकेट गुमाएर खेल आफ्नो पक्षमा पार्न स ..read more
Visit website
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
Adarsha
by आदर्श समाज
7h ago
पोखरा । नेकपा (एमाले) पोखरा–२१ ले वायु प्रदूषणका कारण आँखा र फोक्सोमा गम्भीर समस्या पर्ने भएकोले वनजंगलमा आगलागी नलगाउन सबैमा आग्रह गरेको छ । पोखरा क्षेत्रमा यतिबेला वायु प्रदूषण बढेकोले मानिसहरु बिरामी परेका छन् । डढेलो र धुलाम्मे सडकहरु यसका प्रमुख कारण हुन् भन्दै सचेत रहन आग्रह गरेको हो । एमाले पोखरा वडा २१ को बैठकले उक्त आग्रह गर्दै आगलागीले खानेपानीका पाइप पनि जलेर नष्ट भएको र पोखरा २१ र ३३ मा सञ्चालित सहलगानी खानेपानी आयोजनाले परीक्षण रुपमा वितरण गरेको खानेपानी व्यवस्थित र स्वच्छ रुपले बितरण गर्न वडा कार्यालय र पोखरा महानगरको ध्यानाकर्षण गराएको छ । बैठकमा निवर्तमान वडाध्यक्ष खगराज आचार्य ..read more
Visit website
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
Adarsha
by आदर्श समाज
7h ago
पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ ।  ..read more
Visit website
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
Adarsha
by आदर्श समाज
10h ago
लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव र सहकार्यका निम्ति भन्दै विद्यालयको एसएलसी ब्याच २०४३–२०४५ ले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विद्यालयका भूपू शिक्षकहरुलाई ढाका टोपी, खादा र मालाले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तोयनाथ लामिछाने, शिक्षक चिरञ्जीवी बञ्जरा, पदमराज ढकाल, बाबुराम केसी, इन्द्रप्रसाद जैसी, दुर्गाप्रसाद लामिछाने, वर्तमान प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी, संस्थापक विद्यालय व्यवस्थापन समितिका सदस्य रामलाल तिवारी, पहिलो एसएलसी ब्याच २० ..read more
Visit website
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
Adarsha
by आदर्श समाज
10h ago
पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको निमन्त्रणामा यस क्षेत्रको भ्रमणमा रहेका सभामुख मण्डलसहितको टोलीले आइतबार गुफा भ्रमण गरेको हो । त्यसक्रममा सभामुख मण्डलले पोखरा सुन्दरताको खानी भएको बताउँदै प्राकृतिक गुफालाई यसको प्राचीनता नमेटिने गरी संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले गुफाको आकर्षणले आफूलाई लोभ्याएको जनाउँदै प्रकृतिको सौन्र्दयतालाई मानव जातिले आत्मबोध गर्नुपर्ने बताए । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गुफा परिसरमा निर्माणाधीन संरचनाले यसको थप आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उपसभाम ..read more
Visit website
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
Adarsha
by आदर्श समाज
10h ago
पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार प्रकट पगेनी ‘शिव’को निधनप्रति श्रद्धाञ्जली सभासहित विविध कार्यक्रम आयोजना गरेको हो । संघले संघद्वारा जनचेतना अभिवृद्धिका लागि निर्माण गरिएको ‘प्रतिबद्धता’ फिल्मका नायक प्रकट पंगेनी ‘शिव’को स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको संघका अध्यक्ष विश्वमोहन गौचनले बताए । यसैगरी, संघले माछापुच्छे«–२, भुर्जुङखोलास्थित माछापुच्छे« मावि, भुर्जुङखोलामा पंगेनी अभिनीत चलचित्र ‘प्रतिबद्धता’ समेत प्रदर्शन गरेको छ । समारोहमा माछापुच्छे« मावि विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष गमब ..read more
Visit website
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
Adarsha
by आदर्श समाज
11h ago
पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की, उपाध्यक्ष (महिला) अमृतदेवी बानियाँ, प्रदेश अन्तर्गत उपाध्यक्षमा लालबहादुर अधिकारी, श्याम कार्की र राजेन्द्र अधिकारी चयन भए । महासचिव पोखराका कृष्णबहादुर थापा, कोषाध्यक्षमा पदमबहादुर कार्की र लेखा समिति अध्यक्षमा शंकरबहादुर केसी र लेखा समिति सचिवमा पदमबहादुर केसी निर्वाचित भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाले बताए । नवनिर्वाचित अध्यक्ष थापाले समाजको उद्देश्य अनुसार कार्य ग ..read more
Visit website

Follow Adarsha on FeedSpot

Continue with Google
Continue with Apple
OR