क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ
Rajdhani Daily
by राजधानी संवाददाता
50m ago
काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  ..read more
Visit website
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी
Rajdhani Daily
by एजेन्सी
50m ago
काठमाडौँ । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ । भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ । १३ राज्यका ८८ सिटमा चुनाव हुदै दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ । दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान मा भाग लिदै छन् । जसमध्ये ८ करोड ८ लाख पुरुष र ७ करोड ८० लाख महिला तथा ५ हजार ९२९ तेस्रो लिङ्गी मतदाता रहेको आयोगले जनाएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे समाप्त हुनेछ । दोस्रो चरणमा असम, ..read more
Visit website
बागमती प्रदेशले बैशाख २४ गते किन दियो सार्वजनिक बिदा ?
Rajdhani Daily
by राजधानी संवाददाता
50m ago
काठमाडौँ । बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले विहिबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि गर्ने भएकोले सो दिन विदा दिने निर्णय गरेको हो । यसै गरी उक्त निर्णयको कार्यान्वय गर्ने दिन बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गर्ने तयारी रहेको छ । बागमती प्रदेश संस्कृती पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाज ..read more
Visit website
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान
Rajdhani Daily
by यामराज बिष्ट
50m ago
दैलेख । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो । अभियानलाई सफल पार्न नारायण नगरपालिका ,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति दैलेख ,एभरेष्ट क्लबले अभियान सफल बनाउन सबैमा आह्वान गरेका हुन्। अभियानकै अवसरमा नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले शिक्षा पाउनु हरेक बालबालिका मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गरेका छन् ।उनले विद्यालय पहुँचबाट टाढा रहेका उमेर पुगेका सबै बालबालिकाहरूलाई विद्यालय ..read more
Visit website
अर्घाखाँचीमा आगलागीले १सय ३ घरगोठ जलेर नष्ट
Rajdhani Daily
by सागर महत
50m ago
अर्घाखाँची । अर्घाखाँचीमा आगोलागीका कारण जिल्लाभरमा पछिल्लो ४३ दिनमा १सय ३ घरगोठमा जलेका छन् । चैत १ गतेदेखि वैशाख १३ गतेसम्म जिल्लाभर १ सय ३ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिए । करिव २१ सय हेक्टर वन क्षेत्रफलमा आगलागी वन लागेको आगो बस्तीमा पुग्दा ४३ घर पूर्ण र १ घरमा आंशिक क्षति भएको छ।अहिले सम्म आगलागी पिडितको लागि सामन्य खाद्ययन व्यवस्थापन बाहेक विस्तावीत परिवारको लागि कुनै राहातका कार्यक्रम जिल्लाका ६ वटै पालिकाले सार्वजनिक गर्न सकेका छैन ।अहिले आगलागी पीडित परिवार खुला आकाशमा बसेरहेका छन । धेरै संघ संस्थाले सहयोग गर्दा ..read more
Visit website
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
Rajdhani Daily
by राजधानी संवाददाता
50m ago
बिराटनगर । सुनसरी दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ ७ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका १३ हुलास वयर (फलाम) फ्याक्ट्रीका मजदुर २२ बर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते चमारको उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ । लागूऔषध सहित २ जना पक्राउसुनसरी धरानको ..read more
Visit website
नियासा र समिका बने आठौं राइजिङ स्टार बिजेता
Rajdhani Daily
by राजधानी समाचारदाता
50m ago
काठमाडौं । आठौं संस्करणको राईजींग स्टारमा जुनियरर्फ एभरेष्ट इङ्लिस स्कुल, भक्तपुरकी नियासा प्रधानाङ्ग र सिनियरतर्फ ग्लोबल स्कुल काठमाडौंका समिका भटराई बिजयी बनेका छन् । यी दुईले उपाधिसँगै जनही एक लाख रुपैयाँ हाँसिल गरे । यस्तै फस्ट रनरअपको उपाधी जुनियरतर्फ नाइटिंगेल स्कुल, कुपण्डोलकी स्पर्श राई र सिनियर तर्फ आइडियल मोडल स्कुल धोबिघाटका प्रतिक जोशीले प्राप्त गरे । सेकेन्ड रनरअपको उपाधी जुनियरतर्फ बेबीलोन नेशनल स्कुल, शान्तिनगरकी शाइस्ता रेग्मी र सिनियरतर्फ ग्लोबल स्कुल, गंगबुकी दिक्षा पाण्डेले हाँसिल गरे । कार्यक्रममा ७३ जना विधार्थी सहभागी थिए । काठमाडौं उपत्यकाका बिभिन्न स्कुलहरुमा अध्ययन गर ..read more
Visit website
सिन्धुलीमा आगोले जलेर वृद्धाको मृत्यु
Rajdhani Daily
by राजधानी संवाददाता
8h ago
सिन्धुली । बारीमा सुकेका झारपात जलाउन लगाएको आगोमा परेर वृद्धाको मृत्यु भएको छ । विहिबार विहान साढे ११ बजेतिर आफ्नै बारीमा लगाएको आगो निभाउन जाँदा लडेर आगोमा परि कमलामाई नगरपालिका वडा नं. १ खारखोलाकी ८६ वर्षिया कृष्णमाया पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी अनिलकुमार खड्काले बताए । कनपा १ का वडाध्यक्ष नरेश कुमार गोलेका अनुसार घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारीमा सुकेका झारपात, पतिंगर जलाउनका लागि आफैले बालेको आगो शरीरमा सल्किएको थियो । आगलागीबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो । आगो अन्यत्र जाने त्रासले वृद्धा आगो निभाउन जाँदा डिलबाट चिप्लिएर आगोमा खसेको अध्यक ..read more
Visit website
निर्यात व्यापार पर्वद्धनका आधार
Rajdhani Daily
by धर्मराज भट्टराई
10h ago
कुनै पनि मुलुकको अर्थतन्त्रको स्वास्थ्य अवस्थालाई प्रभाव पर्ने प्रमुख क्षेत्रहरूमध्ये वैदेशिक व्यापार पनि एक हो । आयात र निर्यातको परिमाणमा आउने असन्तुलनले अर्थतन्त्रका विभिन्न परिसूचकमा नकारात्मक प्रभाव पार्ने गर्छ । व्यापार घाटा नेपालको वैदेशिक व्यापारको विशेषताजस्तै बनिसकेको छ । निर्यातको परिमाणको तुलनामा आयातको परिमाण धेरै हुनाले मुलुकले व्यापार घाटाको सामना गरिरहेको छ । यसले विदेशी मुद्रा सञ्चितिमा मात्र चाप पारेको छैन, बेलाबखत विश्वव्यापी रूपमा भएका आर्थिक, सामाजिक तथा राजनीतिक उतारचढावले निम्त्याएका प्रतिकूल प्रभावको समेत सामना गर्नुपरेको छ । यसैगरी, पछिल्लो समय मुलुकको वैदेशिक व्यापार ..read more
Visit website
जनताका पीडा पनि बुझ्ने कि !
Rajdhani Daily
by मञ्जु भट्ट
10h ago
जसरी मुलुकका लागि आफ्ना नागरिक, आमाबुवाका लागि छोराछोरी, व्यापारीका लागि ग्राहक, कर्मचारीका लागि सेवाग्राही अमूल्य हुन्, त्यसैगरी विद्यार्थीका लागि शिक्षक, अफिसका लागि कर्मचारी, नागरिक लगानी कोष, सञ्चयकोष, सामाजिक सुरक्षाकोषका लागि सञ्चयकर्ता महत्वपूर्ण होइनन् र ? के सञ्चयकर्ता नभए यी कोषहरू खडा हुन सक्छन् ? अहिले बैंकबाट ऋण लिनेहरूको संख्या एकदमै न्यून रहेको बैंकहरूले बताउँदै आएका छन् । बैंकहरूमा अधिक तरलता भएकै कारण राष्ट्रबैंकले ब्याज तिरेरै अधिक तरलता तान्ने गरेको छ । बैंकहरूले पनि ऋण प्रवाह नभएपछि ३ प्रतिशतमै राष्ट्रबैंकमा रकम जम्मा गरिरहेका छन् । यदि, यही ३ प्रतिशतमा जाने रकमलाई ५ प्रति ..read more
Visit website

Follow Rajdhani Daily on FeedSpot

Continue with Google
Continue with Apple
OR