संसद् अधिवेशन आरम्भमै अवरोध
Nagarik Dainik
by ईश्वरी सुवेदी
12m ago
संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ। नेपाली कांग्रेसको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेको हो । अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा नेताहरूले धारणा राख्नसमेत पाएनन् । पहिलो बैठकमा दलका नेताहरूले बोल्ने परम्परा भए पनि अवरोधका कारण त्यस्तो हुन सकेन। प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएको छ। कांग्रेसले यसअघि संसद्को हिउँदे अधिवेशनमा पनि यही माग राखेर बैठक सञ्चालनमा अवरोध गरेपछि सरकारले हतारहतार अधिवेशन अ ..read more
Visit website
भीमबहादुरले पारालिम्पिक छनोट खेल्ने
Nagarik Dainik
by नागरिक
12m ago
४१ वर्षे पारा पौडीबाज भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्। यसै वर्षको अगस्ट २८ देखि फ्रान्समा पेरिस पारालिम्पिक हुँदै छ। यसअघि पारा तेक्वान्दोकी पलेशा गोवर्धनले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकको यात्रा तय गरिसकेकी छन्। उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्न लागेकी नेपालको तेस्रो खेलाडी पनि हुन्। भीमले पनि छनोट पार पार्दै पेरिस यात्रा गर्ने लक्ष्य राखेका छन्। पेरिस पारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन्। सिंगापुरमा मे १७ देखि १९ सम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० म ..read more
Visit website
सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु
Nagarik Dainik
by नागरिक
12m ago
सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। वसुन्धरा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा सुरु भएको पहिलो दिन नै क्वार्टरफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ। सिनियर ब्वाइजतर्फ ३ बाइ ३ मा समूह ‘ए’ र ‘बी’ बाट क्वार्टरफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो। समूह ‘ए’ बाट गोल्डेनपिक विजेता र लालीगुराँस नेसनल एकेडेमी उपविजेता हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह ‘बी’ बाट डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्ड र स्किब्स क्रमशः विजेता र उपविजेताका हैसियतले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे। जुनियर ब्वाइजमा आयोजक बिएनए, लालीगुराँस र ग्रिनल्यान्डले सफलत ..read more
Visit website
कोसीमा अन्तरिम आदेश भएन,गण्डकीमा कारण माग
Nagarik Dainik
by नागरिक
12m ago
सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठन विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै काम कारबाही नगर्न/नगराउन माग गर्दै दायर गरेको रिटमा शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रम आदेश जारी गर्न अस्वीकार गरेको हो। ‘संविधानको व्याख्याको विषय अन्तर्निहित भएको देखिँदा निरूपण पूर्ण सुनुवाइबाट हुनुपर्ने देखिएकाले हाललाई निवेदकको मागबमोजिमको अन्तरिम आदेश जारी गरिरहनुपरेन,’ आदेशमा भनिएको छ। इजलासले यस विषयमा के–कसो भएको हो, मागबमोजिमको आदेश किन जारी हुनुनपर्ने हो, आदेश जार ..read more
Visit website
चतराधाम महाकुम्भ समापन : चालीस लाखले गरे स्नान र दर्शन
Nagarik Dainik
by नागरिक
12m ago
सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत् रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ। मेला गत चैत २७ गते सुरु भएको हो। मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेको मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न सङ्घीय सरकारले ७० लाख र प्रदेश सरकारले ५५ लाख प्रदान गरेका थिए। मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। कुम्भस्नान गर्न जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्य सचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका ..read more
Visit website
रंगशालाबारे कागजात एन्फालाई
Nagarik Dainik
by नागरिक
12m ago
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्न नदिन आवश्यक पर्ने कागजात अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको भन्दै विश्वकप छनोट चरणको खेल आयोजना नेपालबाट फिर्ता लिएको थियो। यस क्रममा एएफसीले स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दी स्टेडियमका विषय रंगशालामा नरहेको भन्दै एन्फालाई पत्र पठाएको हो। यो निर्णयसँगै एन्फाले चर्को आलोचना पनि सामना गर्नुपर्‍यो। यो विषय संघीय ससंदीय समितिसम्म पुग्यो। युवा तथा खेलकुदम ..read more
Visit website
चिटिक्क र सुविधायुक्त सार्वजनिक शौचालय
Nagarik Dainik
by उपेन्द्र लामिछाने
12m ago
सार्वजनिक शौचालय भन्नेबित्तिकै अझै पनि धेरैले फोहोर, दुर्गन्धित र अस्तव्यस्त ठाउँ भनेर सम्झन्छन्। त्यसैले कतिपयले भन्ने पनि गर्थे, ‘सहरमा सबै कुरा खोज्न मुस्किल छ तर शौचालय खोज्न मुस्किल छैन। किनकि दुर्गन्धले नै परैबाट यसलाई चिन्न सकिन्छ।’ तर ललितपुरको जावलाखेलमा यो भाष्य तोडिएको छ। त्यहाँ स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय बिहीबारबाट सञ्चालनमा आएसँगै शौचालयको बारेको आम परिभाषा नै बदलिएको हो। शौचालय उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरमा भएका शौचालयहरू सफा भएको बताए। ‘शौचालय भन्नेबित्तिकै फोहोर हुन्छ र गनाउँछ भन्ने आम धारणालाई हाम ..read more
Visit website
प्रदीप र सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी
Nagarik Dainik
by सन्देश श्रेष्ठ
12m ago
क्रिकेटर अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पोखरा स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड-२०८० मा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन्। नेपाल क्रिकेट टिमका उदाउँदा ब्याटर तथा यु-१९ क्रिकेटका भर पर्दा खेलाडी अर्जुनले मनोनयनमा परेका प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन्। त्यस्तै, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगरले नोमिनेसनमा परेका आर्चरीकी ..read more
Visit website
१२ राशिका ग्रहफल
Nagarik Dainik
by डा.राजकुमार सुवेदी
1h ago
मेष राशि छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ। बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ। संगीसँग प्रेम सद्भाव रहने छ। व्यापारको काम गर्दा विचार पुर्याउनु होला। वृष राशि कार्य गर्दा विचारपूर्वक गर्नुहोला। धन खर्चको समय देखिन्छ। पेटको समस्याले दुःख दिन सक्छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। अध्ययन, लेखनमा राम्रो छ। मिथुन राशि अध्ययनमा सफलता मिल्ने योग छ। प्रेमीहरुका लागि दिन राम्रो छ। धातुसम्बन्धी व्यवसायमा लगानी गर्नु उचित मानिन्छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। कर्कट राशि सामाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम र सद्भाव रहने छ। ..read more
Visit website
बाहिरी चक्रपथ आयोजना: सुरु नहुँदै ५० करोड स्वाहा!
Nagarik Dainik
by हरिप्रसाद शर्मा
1h ago
काठमाडौं उपत्यकाका तीन जिल्लालाई सडक सञ्जालसँग जोड्नेगरी सरकारले अघि बढाएको बाहिरी चक्रपथ आयोजना निर्माण अनिश्चित बनेको छ। आयोजना निर्माणको चर्चा सुरु भएको दुई दशकभन्दा बढी समय बित्दा समेत बन्ने/नबन्ने कुनै टुंगो लाग्न सकेको छैन। पछिल्ला दुई दशकको अवधिमा शासन व्यवस्था बदलियो, पटकपटक सरकार फेरिए, मन्त्री, सचिव र आयोजना प्रमुख फेरिए। तर बाहिरी चक्रपथ आयोजना कागजमै सीमित छ। आयोजनाका नाममा कार्यालय सञ्चालन खर्च र कर्मचारीको तलबभत्तामा राज्यकोष खर्च भइरहेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणलगायतमा गरी हालसम्म ५० करोड रुपैयाँ हाराहारीमा खर्च भइसकेको आयोजना प्रमुख प्रकाश अर्याल ब ..read more
Visit website

Follow Nagarik Dainik on FeedSpot

Continue with Google
Continue with Apple
OR