कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशत बढ्यो
Arthik Abhiyan
by अभियान संवाददाता
23m ago
काठमाडौं । कृषि विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९७ दशमलव २२ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ४ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. २ अर्ब ५ करोड पुगेको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ८४ दशमलव ४७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १५ दशमलव ३१ प्रतिशत वृद्धि भएको हो ।& ..read more
Visit website
लुम्बिनी विकास बैंकको नाफा २६.९१ प्रतिशत घट्यो
Arthik Abhiyan
by अभियान संवाददाता
23m ago
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशलमव ९१ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ४६ करोड ८१ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ३४ करोड २१ लाखमा सिमित भएको हो ।  चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७ दशमलव १५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १ अर्ब ३८ करोड रहेकोमा चालू आवमा घटेर रू. १ अर्ब २८ करोडमा सिमित भएको हो ।  ..read more
Visit website
इरानमाथि इजरायलको मिसाइल हमला
Arthik Abhiyan
by अभियान संवाददाता
24m ago
काठमाडौं । इजरायलले  इरानमा मिसाइल आक्रमण गरेको छ । इजरायलले  इरानमा मिसाइल आक्रमण गरेको दुई अमेरिकी अधिकारीहरूले आफ्नो साझेदार एजेन्सी सीबीएस न्यूजलाई बताएको उल्लेख गर्दै बीबीसीले समाचार संप्रेषण गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमको अपुष्ट रिपोर्टलाई उद्धृत गर्दै   ..read more
Visit website
तेस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले कमायो रू. ३ अर्ब ३० करोड भन्दा बढी नाफा ,अन्य वित्तिय सूचक कस्ता ?
Arthik Abhiyan
by अभियान संवाददाता
24m ago
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ३० करोड भन्दा बढी नाफा  कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा भने २४ दशलमव १३ प्रतिशत कमि आएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ४ अर्ब ३५ करोड भन्दा बढी नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो ।  ..read more
Visit website
दिगो लेखा अभ्यासमा लेखापरीक्षण व्यवसायीको जोड
Arthik Abhiyan
by अभियान संवाददाता
4h ago
काठमाडौं । लेखापरीक्षक भन्नेबित्तिकै आम रूपमा हिसाबकिताब जाँच गर्ने व्यक्तिका रूपमा चिनिन्छ । कुनै संस्था वा कम्पनीमा व्यवस्थापनले बनाएको हिसाबकिताब परीक्षण गरेर त्यसलाई प्रमाणीकरण गर्ने अधिकार लेखापरीक्षकलाई हुन्छ । त्यसैले कुनै संस्था वा कम्पनीको हिसाबकिताब गडबड भयो कि ‘लेखापरीक्षकले के हेर्‍यो ?’ भनेर प्रश्न गरिन्छ । अब लेखापरीक्षकको भूमिका कम्पनीको हिसाबकिताब परीक्षण र टिप्पणीमा मात्र सीमित छैन । लेखापरीक्षण गरेका कम्पनीको दिगोपनका लागि समेत भूमिका खेल्नुपर्छ भन्ने विषयमा लेखापरीक्षकहरू सचेत हुन थालेका छन् । लेखा व्यवसायीहरूको अन्तरराष्ट्रिय छाता संगठन इन्टरनेशनल फेडेरेशन अफ एकाउन्टेन्ट्स ..read more
Visit website
विदेशी कामदार नलिने मलेशियाको नीति: नेपालीलाई रोजगारीमा सकस पर्न सक्ने
Arthik Abhiyan
by विजय दमासे
4h ago
काठमाडौं । आगामी जुन १ बाट औपचारिक क्षेत्रमा विदेशी कामदार लिन बन्द गर्ने मलेशियाको नीतिले बढ्दो श्रमशक्तिका लागि एउटा महत्त्वपूर्ण रोजगारी गन्तव्य गुम्ने स्थिति बनेको छ । मलेशिया सरकारले गत मार्चमा मेको अन्त्यसम्ममात्र विदेशी कामदारलाई मलेशिया प्रवेश गर्न दिने घोषणा गरेको थियो । त्यसको लागि भिसा लिने समय अप्रिल २१ सम्म तोकिएको छ । मलेशियामा नेपालसहित १५ मुलुकका कामदार जान्छन् । नेपाली पनि ठूलो संख्यामा मलेशिया जाने गरेका छन् । गत आर्थिक वर्ष (आव) २०७९/८० मा श्रमस्वीकृति लिएर विदेशिएकामध्ये सबैभन्दा बढी नेपाली मलेशिया गएको तथ्यांक छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा २ लाख ५९ हजार ५९६ नेप ..read more
Visit website
पर्यटकको बसाइ र खर्च सामान्य बढ्यो
Arthik Abhiyan
by अभियान संवाददाता
4h ago
काठमाडौं । नेपालमा विदेशी पर्यटकको औसत बसाइ र खर्चमा सन् २०२३ मा झीनो सुधार देखिएको छ । सन् २०२३ मा पर्यटकको औसत बसाइ अवधि ० दशमलव ८ प्रतिशतले बढेर १३ दशमलव २ दिन पुगेको तथ्यांक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । उनीहरूको दैनिक खर्च पनि सामान्य बढेर ४१ डलर पुगेको मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२३’ मा उल्लेख छ । प्रतिवेदनअनुसार बसाइ अवधि सन् २०२२ मा १३ दशमलव १ दिन थियो । त्यस वर्ष दैनिक औसत खर्च ४० दशमलव ५ डलर थियो । कोरोनाकालका २ वर्ष (सन् २०२० र २०२१) नेपालमा पर्यटकको बसाइ अवधि क्रमश: १५ दशमलव १ र १५ दशमलव ५ दिन थियो । यसको तुलनामा त्य ..read more
Visit website
मन्त्रिपरिषद्का निर्णय : सरूवा, बढुवा र नियुक्तिमा केन्द्रित, बागमतीको प्रमुख सचिवमा कार्की खटिने
Arthik Abhiyan
by अभियान संवाददाता
17h ago
काठमाडौं । वैशाख ६ गते बसेको मन्त्रीपरिषद् बैठक सचिवहरूको सरूवा, बढुवा र नियुक्तिमा केन्द्रित भएको छ । बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्द बहादुर कार्कीलाई खटाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय भएको हो । बैठकले  नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।  ..read more
Visit website
हुलाकी राजमार्गको विजोग अवस्था ! सार्वजनिक लेखा समिति सदस्यहरूले अनुगमनमा जे देखे
Arthik Abhiyan
by
18h ago
वीरगञ्ज, ६ वैशाख : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक आयोजनामा भएको ढिलासुस्तीसम्बन्धी स्थलगत अनुगमन थालेको छ । प्रतिनिधिसभाका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य रामकृष्ण यादवको संयोजकत्वमा आठ सदस्यीय टोलीले मधेस प्रदेशमा पर्ने हुलाकी राजमार्गको स्थलगत अनुगमन थालेको हो । यही वैशाख ४ गतेदेखि शुरू भएको स्थलगत अनुगमन ७ गतेसम्म जारी रहने स्थलगत अनुगमन समितिका संयोजक रामकृष्ण यादवले बताए । उनका अनुसार प्रदेशमा राजमार्गको प्रारम्भिक स्थलगत अनुगमनका क्रममा जिल्लैपिच्छे फरक–फरक मापदण्डका आधारमा निर्माण भइरहेको पाइएको छ । “हामीले वैशाख ४ गतेदेख ..read more
Visit website
नेपाल एसबिआई बैंकले जारी गरेको १० वर्षे ऋणपत्र परिपक्व,दोस्रो बजारको सूचीकरण खारेज
Arthik Abhiyan
by अभियान संवाददाता
18h ago
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जारी गरेको १० वर्षे अवधिको ऋणपत्र बैंशाख ६ गते परिपक्व भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा २० करोड रूपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । ७ दशमलव ९ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र बैंशाख ६ गतेपछि परिपक्व भएको जानकारी नेप्सेले गराएको हो । नेप्सेको बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ऋणपत्र सूचीकरण खारेज गर्ने निर्णय समेत गरेको छ ।   ..read more
Visit website

Follow Arthik Abhiyan on FeedSpot

Continue with Google
Continue with Apple
OR