
Nepali Post
157 FOLLOWERS
This is the first Nepali language website of thought and news published by Nepali professional journalists living in North America since August 31, 2001, with the objective of helping to keep alive the various activities of Nepalis living in different parts of the world including North America and also the Nepali language, literature, and culture.
Nepali Post
18h ago
(समीर सुब्बा)
नेपाली गीत बजारमा आउन रोकिनुको नाम लिएको छैन। दिनहुँ जसो नयाँ नेपाली गीतहरू हामीले सुन्न पाइरहेका छौं। नेपाली संगीतको भविष्य राम्रो छ भने संकेत पनि हो यो। कुनै-कुनै गीत र त्यसका संगीतकार अत्याधिक चर्चामा आइ पनि हाल्छ भने कुनै कुनै गीत त गाउनेलाई बाहेक नयाँ गीत सार्वजनिक भएको छ भनेर कसैलाई पनि पत्तो समेत हुँदैन। स्थिति यस्तो पनि छ। समयको तुलना गरेर हेर्छौ भने बर्तमानमा नयाँ गीतहरू निकाल्नु सहज नै छ। त्यो जमाना थियो जहाँ गीत रेकर्ड गर्नु भनेको फलामको चिउरा चबाउनु सरह थियो। स्वर चाँहि धनी तर खल्ती चाँहि गरीब भनेको जस्तो अवस्था थियो। नेपालबाहेक हाम्रो कालेबुङ, दार्जिलिङ भेकमा पनि अ ..read more
Nepali Post
1w ago
मान्छे मारेर राजनीतिमा उदाउने
डरत्रास देखाई नेता कहलाउने
अनुहार, हाउभाउमा प्रष्ट देखाउँदैछ
साब, एउटा जमात आतंक मच्चाउँदैछ ।
बरु मलाई लाचार कहलाइयोस्
नसियत, सरुवा, घटुवा सबै गरियोस्
तर, यो भींड नियन्त्रण गर्ने निर्देशन नदिइयोस्
भो म आदेश मान्दिन साब,
तपाईंको ‘चेन अफ कमाण्ड’ तपाईंसँगै राख्नोस्
सरकार र गणतन्त्र जोगाउने रहर छैन
मलाई त आफ्नै जीवन र परिवार जोगाउने कर छ
ती आतंककारीले भाला, खुँडाले घोच्छन् मलाई
अनि उही मेरा हत्यारालाई तपाईंका तीन टाउकेले
आम माफी दिने ठूलो डर छ ! ..read more
Nepali Post
1w ago
पत्रकार देवेन्द्र भट्टराईसँग नक्कली भुटानी शरणार्थीसम्बन्धमा नेपालीपोष्ट स्पेस #SPACE ..read more
Nepali Post
1w ago
Nepali Post
2w ago
अहिले नेपालमा चलेको नक्कली भूटानी शरणार्थी प्रकरणले सुख-सुविधाको सपना किन्न आफैंलाई बेच्नेहरुको कथा लिएर सञ्चारको रंगमञ्चमा आएको छ । नेपाली नागरिकहरुलाई अमेरिकाको सपना देखाएरउनीहरुबाट अकुत सम्पत्ति हत्याउने नेपालका नेता र सरकारी कर्मचारीहरुले ठगीधन्धामार्फत ‘नेपालीहरु पनि ठग हुँदारहेछन्’ भन्ने सन्देश बाँडेर संसारभरिकानेपालीहरुको शिरनत गराइदिएको छ ।
यतिबेला नेपालमा एकातिर केही समय विदेश बसेर फर्किनेहरुलाई दूत्कार्दै देशप्रतिको लगावमा वितृष्णा फैलाउने कुत्सित रवैया अपनाइँदैछ भने अर्कोतिर देशमै रहेका नागरिकहरुलाई छक्का-पञ्जामा फँसाएर यसरी विदेश लखेट्ने योजना बुनिँदै गरेको वर्तमान परिदृश्यले अब ..read more
Nepali Post
3w ago
नेपाली पोष्टको #Space मा मानवअधिकारकर्मी कृष्ण पहाडीसँग गरिएको कुराकानी  ..read more
Nepali Post
1M ago
विषय प्रवेश :-
नेपाली साहित्यमा सिलगडीका युवराज काफ्लेलाई चिनिरहनु पर्दैन। सिलगडीको नेपाली साहित्य र युवराज काफ्ले एकार्काका पर्याय हुन्। सिलगडी भन्नेबित्तिकै युवराज काफ्लेको नाम मनमा स्वतःस्फूर्त आइहाल्छ। युवराज काफ्लेको जन्म २१ अप्रेल, १९४६ मा सिलगडीमा भएको हो। उनका बाबुआमाको नाम डिल्लीराम काफ्ले र मेनुकादेवी काफ्ले हो। उनी सिलगडीमा नेपाली साहित्यका निम्ति एक दह्रा स्म्भ भएर रहेका छन्। नेपाली साहित्यको सङ्गठन, संवर्द्धन र प्रवर्द्धन उनको विशेष योगदान रहेको पाइन्छ। पेशाका हिसाबले उनी कृष्णमाया उच्च विद्यालयका एक शिक्षक रही सेवानिवृत्ति भए हुन् भने उनी पत्रकारिता क्षेत्रमा निकै सक्रिय देखिन ..read more
Nepali Post
1M ago
मान्छे भ्रमणशील प्राणी हो। उ एउटै ठाँउमा सधैं बसिरहन सक्दैन। मान्छेले आदिमकालको ओडारदेखि नै यात्रा गर्दै चन्द्रमा पर्यटन र मङ्गल ग्रहमा बस्ती बसाउने जमर्को गरिरहेछ। कुनै जाति पनि कुनै ठाँउको स्थायी बासिन्दा होइन। भारतीय परिप्रेक्ष्यमा हेर्नु हो भने यहाँ संसारका विभिन्न प्रान्तबाट मान्छे आई बसोबासो गरेको तथा यहाँबाट पनि गएर संसारभरि छरिएको पनि पाइन्छ। भास्को डि गामा, ड्रेक, कोलम्बस, मार्को पोलो, एमुण्डसेन, रोबर्ट पियरी इत्यादि जस्ता नाविक यात्रीहरूले संसारका विभिन्न प्रान्तहरूको परिचय गराइदिए। देश-विदेश भ्रमण पनि जीवनको एउटा अनिवार्य कर्तव्य हो। यसबाट प्राप्त हुने अनुभव र ज्ञान महत्वको कुरो हो ..read more