मधेशका सभामुखको टोली महेन्द्रगुफामा
Adarsha
by आदर्श समाज
5h ago
पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको निमन्त्रणामा यस क्षेत्रको भ्रमणमा रहेका सभामुख मण्डलसहितको टोलीले आइतबार गुफा भ्रमण गरेको हो । त्यसक्रममा सभामुख मण्डलले पोखरा सुन्दरताको खानी भएको बताउँदै प्राकृतिक गुफालाई यसको प्राचीनता नमेटिने गरी संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले गुफाको आकर्षणले आफूलाई लोभ्याएको जनाउँदै प्रकृतिको सौन्र्दयतालाई मानव जातिले आत्मबोध गर्नुपर्ने बताए । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गुफा परिसरमा निर्माणाधीन संरचनाले यसको थप आकर्षण बढ्ने विश्वास व्यक्त गरे । उपसभाम ..read more
Visit website
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
Adarsha
by आदर्श समाज
5h ago
पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की, उपाध्यक्ष (महिला) अमृतदेवी बानियाँ, प्रदेश अन्तर्गत उपाध्यक्षमा लालबहादुर अधिकारी, श्याम कार्की र राजेन्द्र अधिकारी चयन भए । महासचिव पोखराका कृष्णबहादुर थापा, कोषाध्यक्षमा पदमबहादुर कार्की र लेखा समिति अध्यक्षमा शंकरबहादुर केसी र लेखा समिति सचिवमा पदमबहादुर केसी निर्वाचित भएको निर्वाचन समिति संयोजक चन्द्रबहादुर रोकाहाले बताए । नवनिर्वाचित अध्यक्ष थापाले समाजको उद्देश्य अनु ..read more
Visit website
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
Adarsha
by आदर्श समाज
5h ago
पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार प्रकट पगेनी ‘शिव’को निधनप्रति श्रद्धाञ्जली सभासहित विविध कार्यक्रम आयोजना गरेको हो । संघले संघद्वारा जनचेतना अभिवृद्धिका लागि निर्माण गरिएको ‘प्रतिबद्धता’ फिल्मका नायक प्रकट पंगेनी ‘शिव’को स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको संघका अध्यक्ष विश्वमोहन गौचनले बताए । यसैगरी, संघले माछापुच्छ्रे–२, भुर्जुङखोलास्थित माछापुच्छ्रे मावि, भुर्जुङखोलामा पंगेनी अभिनीत चलचित्र ‘प्रतिबद्धता’ समेत प्रदर्शन गरेको छ । समारोहमा माछापुच्छ्रे मावि विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष ..read more
Visit website
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
Adarsha
by आदर्श समाज
5h ago
पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् । मञ्चको हालै बसेको केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयबाट गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुका साथै कास्की शाखा गठनको जिम्मेवारीसमेत प्रदान गरेको छ । मानव अधिकार तथा कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्था मानव अधिकारको पूर्ण संरक्षण, संवद्र्धन र विकास विना सामाजिक न्याय प्राप्त हुन नसक्ने तथ्यलाई हृदयगम गर्दै मानव अधिकारको विश्वव्यापी मान्यताप्रति सहमति जनाउँदै मानव अधिकारमा विश्व व्यापकता, आत्मनिर्भरता जस्ता आधारभूत सिद्धान्तप्रति प्रतिबद्ध भई गैरनाफामूलक, गै ..read more
Visit website
रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतना
Adarsha
by आदर्श समाज
5h ago
पोखरा । जन्मजात रोग प्रतिरक्षा कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी पोखरामा सचेतनामूलक कार्यक्रम भएको छ । नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्सले आयोजना गरेको कार्यक्रममा नेपालका एकमात्र इम्युनोलोजिस्ट डा. धर्मागत भट्टराईले सहजीकरण गरेका थिए । नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा. भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए । विश्वका कतिपय मुलुकमा इम्युन कमी भएका बिरामीको निशुल्क उपचार भइरहेको अवस्थामा नेपालमा भने स्वास्थ्यकर्मीमा समेत यससम्बन्धी जानकारी नहुनु दुखद भएको उनको ..read more
Visit website
झोलाबाट अफिस चलाउँदै बाल संगठन
Adarsha
by आदर्श समाज
5h ago
पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित बालमन्दिर मावि परिसरमा रहेको कार्यालय त्यहाँ नयाँ भवन बन्ने भएपछि बाहिरिएर झोलामा सीमित छ । संस्थाको नेतृत्व बामदेव ढुंगानाले सम्हालेका छन् । सरकारले उनलाई २०७९ सालमा संगठन चलाउने गरी नियुक्ति दिएर पठाएको हो । सरकारले नै तदर्थ समितिको जिम्मेवारी पाएपछि उनले नयाँ सदस्यता बाँडेर समितिलाई पूर्णरुप दिए । त्यसपछि कामकाज गर्न कार्यालय सञ्चालनका लागि भवन माग गर्न पुग्यो । अध्यक्ष ढुंगानाका अनुसार तत्कालीन ‘बालमन्दिर’ नै अहिले ‘बालमन्दिर मावि’ नामले सञ्चालन भएको हो । ‘मै ..read more
Visit website
अधिकारी सरकारको वैधताको टुंगो आज !
Adarsha
by आदर्श समाज
5h ago
पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दायर गरेको मुद्दामा वैशाख १० गते सुनुवाइ सुरु भए पनि बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखेर सोमबार अर्थात् १७ गतेका लागि पेसी तोकिएको हो । रिटको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको थियो । बहस सकिएमा सोमबार नै नत्र १८ गतेसम्म संक्षिप्त आदेश आउने अपेक्षा गरिएको सम्बद्ध कानुन व्यवसायीहरुले गरेका छन् । वैशाख १० मा रिट निवेदक पाण्डेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू यदुनाथ खनाल, राधेश्याम अधिकारी, सीताराम ..read more
Visit website
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
Adarsha
by आदर्श समाज
12h ago
पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५ नम्बरको निजीकार सोमबार राति साढे १२ बजे पोखरा–बागलुङ राजमार्ग अन्तर्गत विद्युत कार्यालय नजिक डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो । ठक्करबाट कारको अगाडि भाग पूर्ण क्षति भएको छ ।  ..read more
Visit website
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
Adarsha
by आदर्श समाज
13h ago
पोखरा । राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत ५ किमी छात्र/छात्रा सडक दौडको तयारी तीव्र पारिएको छ । यही २९ वैशाख शनिबार पोखरा १, पुरानो टुँडिखेलस्थित विद्यालय परिसरदेखि सुरु हुने दौडमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । प्रतियोगिता सभ्य र भव्यरुपमा सफल पार्न आइतबारको बैठकले रुट तय गरेको छ । विद्यालयबाट सुरु हुने दौड विन्ध्वासिनी मन्दिर, बागलुङ बसपार्क, भीमसेनचोक, कोपिलढुंगा चोक, ज्ञानभूमि स्कुल, बाल मन्दिर, पिएन क्याम्पस, भीमकालीपाटन, पोखरा वडा १ कार्यालय, सिम्पानीचोक हुँदै विद्यालयमा आइ टुंगिनेछ । विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुर ..read more
Visit website
दुआथलनमा टमटा र खड्का विजयी
Adarsha
by आदर्श समाज
13h ago
पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ आयोजनामा आइतबार पोखरामा नेपाली राष्ट्रिय खेलाडी हिमाल टमटाले खुलातर्फ निर्धारित दुरी पार गर्न कुल ५१ मिनेट २४ सेकेण्डको समय लगाए । महिलातर्फ कुल १ घन्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरी मञ्जुकुमारी खड्का विजयी भएकी हुन् । प्रतियागिता अन्तर्गत नै सम्पन्न राष्ट्रिय दुआथलन अन्तर्गत उनीहरुलाई नै विजेता घोषणा गरिएको छ । दुआथलनमा विभिन्न चार देशका पुरुषतर्फ ९ र महिलातर्फ ३ खेलाडी गरी १२ जनाले भाग लिएका थिए । विजयीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, ने ..read more
Visit website

Follow Adarsha on FeedSpot

Continue with Google
Continue with Apple
OR