सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू
Adarsha
by आदर्श समाज
9h ago
पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन धार्मिक मार्ग यात्राका आयोजना गरिएको हो ।  ..read more
Visit website
‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’
Adarsha
by श्रीभद्र पौडेल
9h ago
पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।  ..read more
Visit website
कथा सुन्न भक्तजनको आकर्षण
Adarsha
by आदर्श समाज
9h ago
पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ ।  ..read more
Visit website
कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ
Adarsha
by आदर्श समाज
9h ago
पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर देवकोटालाई सम्मानसहित बिदाइ गरिएको छ । कन्या क्याम्पसमा ३० वर्षको प्राध्यापनपछि उनीहरु अनिवार्य अवकास भएका हुन् । कलेज परिसरमा भएको बिदाइ समारोहमा प्राध्यापक संघका उपसभापति भूमिराज पण्डितले स्वागत मन्तव्य राखेका थिए । प्राडा नरहरि गौतमको व्यक्तित्वमाथि उपप्राध्यापक बलराम भट्टराईले, सहप्राध्यापक घनबहादुर थापाको व्यक्तित्वमाथि उपप्राध्यापक दीपेन्द्रराज रेग्मीले र उपप्राध्यापक राजेन्द्रबहादुर देवकोटाको व्यक्तित्वमाथि उपप्राध्यापक दुर्गाराज रेग्मीले ..read more
Visit website
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
Adarsha
by आदर्श समाज
9h ago
पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोनले १ लाख रुपैयाँ नगद पुरस्कार, ताम्रपत्र र दोसल्लाले सरुभक्तलाई सम्मान गरे । साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित हेमराज पहारी स्मृति प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्यालाई प्रदान गरेको थियो । कार्यक्रममा जर्ज जोनले हेमराज र सरुभक्त आफ्ना मेधावी विद्यार्थी ..read more
Visit website
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
Adarsha
by आदर्श समाज
9h ago
लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ । फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै तनहुँले उपाधिसहित ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पाएको छ । उपविजेताले ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र जनही मेडल पायो । विजेता क्लब घलेगाउँको फुटबल प्रतियोगितामा पहिलो पटक भाग लिएको थियो । उपाधिसहित ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँको स्वर्गभूमि रंगशालामा सञ्चालन भएको  ..read more
Visit website
कांग्रेस नेता देवदत्तको निधन
Adarsha
by आदर्श समाज
9h ago
पोखरा । नेपाली कांग्रेसका नेता देवदत्त कोइरालाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । लामो समयदेखि बिरामी उनको पोखरासहित विभिन्न अस्पतालमा उपचार हुँदै आएकोमा गत ६ वैशाखदेखि पोखरा ५, मालेपाटनस्थित आफ्नै घरमा आराम गरिरहेका थिए । नेपाल प्रजातन्त्र सेनानी, संघ कास्कीका सचिव उनको जन्म २००४ मंसिर ४ मा धनन्जय कोइराला र बसन्धरा कोइरालाको पाँचौं सन्तानमध्ये चौंथो सुपुत्रका रुपमा भएको हो । उनी राजनीतिक र सामाजिक व्यक्तित्व थिए । उनले पार्टीका विभिन्न तहमा रही नेपाली कांग्रेसको संगठन निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका थिए । उनका श्रीमती, १ छोरा र ५ छोरी छन् । उनको शुक्रबार ..read more
Visit website
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
Adarsha
by आदर्श समाज
12h ago
पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए । प्रदेश प्रमुखको पत्र सुनाइसकेपछि जीवनाषक विषादी व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्नुपर्नेमा प्रतिपक्षीको आसन नभएकोले कार्यसूचीबाट हटाइयो । बैठकमा सत्तापक्ष नेकपा एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङ्गेको मात्र उपस्थिति थियो । नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत लिने तयारीमा मन्त्रिपरिषद्को सिफारिसबमोजिम शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक आह्वान गरेक ..read more
Visit website
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
Adarsha
by आदर्श समाज
20h ago
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद् बैठक बहिष्कार गर्ने भएका छन् । औपचारिक निर्णय नभए पनि संसद् बैठकमा उपस्थित नहुने तयारी दुवै पार्टीको छ । कांग्रेसले संसद् बैठकअघि साढे १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । सोही बैठकबाट निर्णय हुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । तर स्रोतका अनुसार बैठक नबस्ने लगभग निष्कर्षमा कांग्रेस पुगिसकेको छ । ‘अवैध भनिएको संसद् बैठकमा जानु उपयुक्त हुँदैन । मुख्यमन्त्री नै गैरसंवैधानिक भनेपछि उनले बोलाएको बैठकमा जाँदा कांग्रेसले पनि गैरसंवैधानिक कदमलाई सम ..read more
Visit website
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
Adarsha
by आदर्श समाज
1d ago
पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र अहिले ज्ञानमय बनेको छ ।  ..read more
Visit website

Follow Adarsha on FeedSpot

Continue with Google
Continue with Apple
OR