
Onlinetv Nepal
2 FOLLOWERS
The online destination for Nepal news, views, reviews, features, blogs, and audio-video content covering Nepali politics, society, market, arts, entertainment, and sports.
Onlinetv Nepal
2w ago
गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा सुर्यकुमार परियारको शब्द, नविन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ । सुनिल क्षेत्री निर्देशित भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् ।
भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको कलर र सम्पादन र टंक कार्की ‘छिमेकी’को प्रोडक्सन छ । भिडियो विज्ञान न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
(भिडियो सहित)
  ..read more
Onlinetv Nepal
2w ago
काठमाडौं – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ..read more
Onlinetv Nepal
3w ago
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएका थिए ।
‘भ्रष्टाचारका विषयमा जसरी फाइल खोल्नु भएको छ । त्यसमा तपाईलाई धन्यवाद छ’, लामिछानले प्रचण्डलाई भेटका क्रममा भने, ‘मैले सडकबाट के ..read more
Onlinetv Nepal
3w ago
काठमाडौं, नेपाल – २०२३ – NYEF काठमाण्डू ले पहिलो पटक मल्ल होटलमा NYEF उद्यमशीलता सम्मेलन २०२३ को आयोजना गर्यो। नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम निकै सफल रह्यो।
कार्यक्रमको प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री रमेश रिजाल र विशेष अतिथि माननीय सुश्री शोविता गौतम थिइन् । कार्यक्रमको उद्घाटन माननीय रमेश रिजाल, माननीय शोविता गौतम, NYEF NGC अध्यक्ष श्री रितेश लामिछाने र NYEF काठमाडौं अध्यक्ष श्री चिराग गोयलले गरेका थिए।
NYEF ..read more
Onlinetv Nepal
3w ago
जोगिन्दर र मुखियाजीको उपनामले परिचित हास्य कलाकार शिव शंकर रिजालले चार जेहेन्दार विद्यार्थीलाई सहयोग गरेका छन्। आफूले नै अध्यन गरेको श्री सरस्वती उच्च माध्यमिक विद्यालय हजरियामा अध्यनरत चार विद्यार्थीलाई उनले पोशाक, झोला र शैक्षिक सत्रभर चाहिने पुस्तक, कपी र कलमसहित केही नगद सहयोग गरेका हुन्।
जोगिन्दरले आफ्नो स्वर्गीय पिता जगत प्रसाद रिजालको स्मृतिमा स्थापित अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गरेको जानकारी दिए। ‘एउटा सानो प्रयास गरेको हुँ। आर्थिक अभावमा शिक्षाबाट बन्चित हुन् नपरोस् भनेर थालनी गरेको हुँ’,जोगिन्दरले भने,’आफैँले अध्यन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसी छु। आज विद् ..read more
Onlinetv Nepal
3w ago
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच पार्टी एकता गर्नेबारे छलफल भएको छ । अध्यक्ष नेपाललाई भेट्नको लागि वामदेव एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगर पुगेका थिए ।
पछिल्लो समय दुई दलबीच एकताको लागि गृहकार्य भैरहेको चर्चा छ । यही चर्चाको बीचमा नेताहरु आज छलफलमा जुटेका हुन् । उक्त भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी थिए ।
..read more
Onlinetv Nepal
3w ago
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताउनुभएको छ । काभ्र जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उहाँले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने,‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’
उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । उनले ..read more
Onlinetv Nepal
3w ago
मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताए ।
उनले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए । मन्त्री यादवका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ ।
प्रदेशका अर्थ मन्त्रालयले प्रदेशका ११ वटै मन्त्रालयलाई बजेटको सिलिङ तोकेर आगामी आवको योजना तथा कार्यक्रम माग गरिसकेको छ । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट ..read more
Onlinetv Nepal
3w ago
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी वर्षको बजेटमा सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै मंगलबार उनले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने जनाए । उत्पादनमूलक उद्योगहरुलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने धारणा राखे ।
‘प्राथमिकता हामी कहाँ दिन्छौं, सबैभन्दा ..read more
Onlinetv Nepal
3w ago
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशको अर्थतन्त्रले जनप्रतिनिधिहरुलाई तलब भत्ता खुवायन नसक्ने भन्दै संधियता खारेजीको माग राप्रपाले विगतदेखि राख्दै आएको छ । देशको अर्थतन्त्रको एक अंश देशभरका निर्वाचित जनप्रतिनिधिलाई तलब भत्ता दिनुपर्ने भएकाले पनि अर्थ तन्त्र झन कम्जोर हुँदै गएको बताएका छन् ।
सरकारले बजेटका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले अर् ..read more