वेस्टइन्डिज ‘ए’ विरुद्ध सागरले लिए एकै ओभरमा २ विकेट
Onlinetv Nepal
by onlinetv
13h ago
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध नेपालले एकै ओभरमा २ सफलता हात पारेको छ । टस हारेर फिल्डिङ गरिरहेको नेपालले तेस्रो ओभरमा लगातार २ विकेट झारेको हो । खेलको २।२ ओभरमा सागर ढकालको बलमा एलिक एथानाजे आउट भएका छन् । उनी ६ बलमा ६ रन जोड्दै आउट भए । त्यस्तै २।५ ओभरमा सागर ढकालको बलमा जोनसन चार्ल्स आउट भएका छन् । उनी ९ बलमा ११ रन जोड्दै आउट भएका हुन् । यसअघि शनिबार भएको पहिलो खेलमा नोपल ४ विकेटले विजयी भएको थियो । वेष्टइन्डिजसँग नेपालले ५ वटा टी २० खेल खेल्नेछ । ..read more
Visit website
गायक कर्ण र कमलाको स्वरमा “यस्तो होस् माया हाम्रो” बोलको गीत सार्वजनिक….(हेर्नुस् भिडियो)
Onlinetv Nepal
by nabingiri
6d ago
काठमाडौ- गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा “यस्तो होस् माया हाम्रो” बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको उक्त गीतमा पछिल्लो समयका चर्चित मोडल बिमल अधिकारी र सनिषा भट्टराईको अभिनय देख्न सकिन्छ। डान्सिङ नम्बरको गीतमा दिग्गज धौरालीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीत डान्सिङ नम्बर भएता पनि पूर्ण रुपमा रोमान्टिक रहेको गायक कर्णले बताए । उनले भने, ‘फेस्टिभलको माहोल आइरहेकाले हामीले रोमान्टिक गीतलाई त्यहि शैलीमा तयार गरेका हौँ । यसमा हामीले माया यस्तो होस् भनेर देखाएका छौँ ।’ उनले अहिलेको पुस्तालाई पचासको दशकको माया प्रेम रमाइलो लाग्ने बताए । बिमल र सनिषाको जोडी गीत ..read more
Visit website
फिल्म “अगस्त्यः च्याप्टर १”को ५१ दिन
Onlinetv Nepal
by nabingiri
6d ago
काठमाडौं – गतवर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको छ । फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१औं दिनको खुसियाली सटेका थिए । निर्देशक चौधरीले आलोचना र तारिफका बाबजुद पनि फिल्मले ५१औं दिन मनाउनु खुशीको कुरा भएको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म ५१औं दिनसम्म आएर प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं । फिल्ममा पक्कै पनि केही कमिकमजोरी छन् । त्यो कमीकमजोरीला ..read more
Visit website
गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, चुमनुव्रीमा भीषण बाढी
Onlinetv Nepal
by onlinetv
6d ago
काठमाडौं,९ वैशाख । गोरखाको चुमनुब्री गाउँपालिका-१ मा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खसेको छ । हिमपहिरो असेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो । सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो । ..read more
Visit website
माता पाथिभराको दर्श्न गरि आज बैशाख ९ गते आइतवार, यस्तो छ आजको राशिफल हेर्नुहोस
Onlinetv Nepal
by onlinetv
6d ago
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूकाे विश्वास गर्दा गोपनीयता बाहिरिन सक्छ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। तर लाभ उठाउन निकै हाेसियार रहनुपर्ने समय छ। मिहिनेतीहरूलाई उपलब्धि प्राप्त हुनेछ। वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल ..read more
Visit website
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग लज्जास्पद हार
Onlinetv Nepal
by onlinetv
1w ago
काठमाडौँ । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ । शनिबार भएको खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो । योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ । नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्यो । हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए । ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । बाबर हयात २६ र एजाज खान १२ रनमा आउट हुँदा अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीको नाममा २ विकेट रह् ..read more
Visit website
जनता झुक्याएर खानुपर्ने एउटापनि नेता हाम्रो पार्टीमा छैनन् : रवि लामिछाने
Onlinetv Nepal
by onlinetv
1w ago
काठमाडौं, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा जनतालाई झुक्याएर खाने एउटापनि नेता नभएको बताएका छन् । इलामको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘काम गरेर खानसक्ने नेतालाई मात्रै हामीले हाम्रो पार्टीमा समावेश गरेका छौं ।’ उनले मिलन लिम्बुलाई जिताउनको लागि इलामवासीको केही शर्त भए हस्ताक्षर गर्न आफू तयार रहेको पनि बताए । उनले आफूहरु सदनमा छिर्दा सदन जिउँदो बनेको दाबी गरे । उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले आफूलाई जस्तै मिलन लिम्बुलाई पनि माया गरिदिन अपिल गरे । उनले आफूहरु एकसे एक इमानदार मान्छे लिएर जाने र भ्रष् ..read more
Visit website
एमाले-माओवादी-रास्वपा गठबन्धनले यो वर्षको माघ कटाउन नसक्ने गगन थापाको ठोकुवा
Onlinetv Nepal
by onlinetv
1w ago
काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमााले माओवादीसहितको अहिलेका सत्ता गठबन्धनले यो वर्षको माघ महिनापनि कटाउन नसक्ने ठोकुवा गरेका छन् । आज (शनिबार) इलामको उपनिर्वाचनविशेष पार्टीको सभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो दाबी गरेका हुन् । उनले भने,”म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अगाडि भन्न सक्छु कि आज २०८१ सालको बैशाख ८ गते हो आज, अहिले भनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउँछु ।” उनले चुनावको अघि गठबन्धन जनतालाई धोका भएको पनि टिप्पणी गरे । चुनावअघिको गठबन्धन बेइमान र जनताप्रतिको अपमान भएको थापाको भनाई छ । उनल ..read more
Visit website
फाष्ट फुड एशोसिएशन नेपालको नयाँ वर्षविशेष क्यालेण्डर सार्वजनिक, प्रशिक्षण कार्यक्रमको पनि आयोजना
Onlinetv Nepal
by onlinetv
1w ago
काठमाडौं, ८ बैशाख । फाष्ट फुड एशोसिएशन नेपालले नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ । आज (शनिबार) काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल सरकारका पर्यटनमन्त्री हितबहादुर तामाङले उक्त क्यालेण्डरको सार्वजनिक गरेका हुन् । एशोएिशनले वर्तमान समयमा व्यवसायीहरुको चूनौति र समाधानको विषयमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको छ । ..read more
Visit website
बालेन्द्र शाहले गरे घोषणा, नयाँ बर्ष नयाँ कामको सुरवात हेर्नुस्
Onlinetv Nepal
by nabingiri
2w ago
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो फेसबुक पेजमा बेलाबखत केहि केहि लेखि बसेका हुन्छन् । बालेनले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका छन् । आइतबार आफ्नो फेसबुक पेजमार्फत २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने घोषणा गरेका हुन । रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि गौरवको योजना अन्तर्गत २०८१ जनालाई रोजगारी दिने उद्देश्यले काठमाडौँको टुडिखेलमा तालिम कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । प्रमुख शाहका अनुसार यो तालिम महानगरमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने महानगरवासीहरू, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति र ..read more
Visit website

Follow Onlinetv Nepal on FeedSpot

Continue with Google
Continue with Apple
OR