‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३’ का १० खेल सम्पन्न
Artha Sarokar
by Supriya Acharya
28m ago
काठमाडौं ।  ..read more
Visit website
सेयर लगानीकर्ताको माग सम्बोधन भएसँगै नेप्सेमा हरियाली, १ अर्व ६५ करोडमाथिको कारोबार
Artha Sarokar
by Supriya Acharya
28m ago
काठमाडौं । आर्थिक विधेयकमार्फत ल्याइएको कर नीति खारेजी र ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमतिसँगै आइतबार नेप्सेमा हरियाली देखिएको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २७० कम्पनीको ४५ लाख ५७ हजार १ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट सेयरको भएको छ । यस कम्पनीको १५ करोड ८१ लाख ५४ हजार २ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आइतबार सेयर बजारमा आइजीआइ प्रुडेनसियल इन्स्योरेन्सका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको से ..read more
Visit website
नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता (भ्याकेन्सीसहित)
Artha Sarokar
by Supriya Acharya
2h ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने सिलसिलामा देहायका पदहरू पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकबाट मिति २०८०/०२/२५ गते कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न आह्वान गरेको हो । दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्रसमेत), अनुभवका कागजात एवम् छनोट समितिले तोकेका अन्य कागजात संलग्न गर्नुपर्नेछ । त्यस्तै, म्यादभित्र दाखिला नभएको वा रित नपु ..read more
Visit website
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसदमा विरोध
Artha Sarokar
by Supriya Acharya
2h ago
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलहरुले नागरिकता विधेयकको कुरा उठाएर संसद अवरोध गरेका हुन् ।  ..read more
Visit website
‘यो जितको सुरुवात हो, पूर्ण रुपमा अझै जितेका छैनौँ’
Artha Sarokar
by Sudarshan Shrestha
3h ago
काठमाडौं । सेयर गुरु सुवासचन्द्र भट्टराईले आर्थिक विधेयकको २९ नम्बर बुँदा हटाउने सहमतिसँगै जितको सुरुवात भएको बताएका छन् । भट्टराईले लगानीकर्ताको मागमध्येको २९ नम्बर बुँदा हटाउने अर्थमन्त्रालयको सहमतिसँगै लगानीकर्ताको संघर्ष जिततर्फ उन्मुख भएको बताएका हुन् । लगानीकर्ता र अर्थमन्त्रीसँगको वार्ता सफल भए पनि यो जित पूर्ण नभएको भट्टराईको भनाई छ । ‘हामीले जितेका हौँ तर हामीले पूर्ण रुपमा जितेको होइन ।’, उनले भने, ‘यो आंशिक जित हो । हाम्रो दाबी आर्थिक विधेयकको २६ र २७ नम्बर बुँदा पनि हो तर हाल २९ नम्बर बुँदामात्रै सम्बोधन भएको छ ।’ आफूहरुको मागमध्येको २६ र २७ नम्बर बुँदाप्रतिको विमति अझै पनि कायम रह ..read more
Visit website
‘सबैको जित भयो, सरकारलाई पूँजीबजारको महत्व बुझाउन सफल भएका छौँ’- तिलक कोइराला
Artha Sarokar
by Sudarshan Shrestha
3h ago
काठमाडौं । अग्रज लगानीकर्ता तिलक कोइरालाले अन्ततः सबै सेयर लगानीकर्ताको जित भएको बताएका छन् । अर्थ मन्त्रालयमा भएको सफल वार्तालगत्तै अर्थ सरोकारसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘यो सारा लगानीकर्ता र पूँजी बजारको जित हो । हामीले सरकारलाई पूँजीबजारको महत्व बुझाउन सफल भयौँ ।’, उनले भने, ‘अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट वक्तव्य र आर्थिक विधेयकमा रहेका पूँजीबजारलाई असर गर्ने कुराहरु संसदीय प्रक्रियाबाट सच्याउने प्रतिवद्धता गर्नुभएको छ ।’ अर्थमन्त्रालयमा भएको सफल वार्तासँगै अब सेयर लगानीकर्ताहरुले अल्पकालीन रुपमा ७.५ प्रतिशत र दीर्घकालीन रुपमा ५ प्रतिशत भन्दा १ प्रतिशत एक रुपैयाँ प ..read more
Visit website
‘लगानीकर्ताको संघर्ष सफल भयो, सरकार हार्यो, हामीले जित्यौँ’
Artha Sarokar
by Sudarshan Shrestha
3h ago
काठमाडौं । सेयर लगानीकर्ता रोहन कार्कीले सेयर लगानीकर्ताको संघर्ष सफल भएको बताएका छन् । अर्थमन्त्रालयमा भएको वार्ताबाट लगानीकर्ताको माग सम्बोधन भएसँगै उनले लगानीकर्ताको जित भएको प्रतिक्रिया दिएका छन् । ‘लगानीकर्ताले संघर्ष गरेप्रश्चात आज अर्थ मन्त्रालयले माग सम्बोधन गरेको छ । अब अन्तिम कर भनेकै ५ र ७.५ प्रतिशत रहने भएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै कार्कीले भने, ‘हाम्रा खास माग पूरा भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन् । यो लडाईमा हामीले जितेका छौँ ।’ अर्थमन्त्रालयमा भएको वार्तामा सरकारले आर्थिक विधेयकमार्फत ल्याएको नयाँ कर नीति खारेज गर्दै पुरानै नीति कार्यान्वयन गर्ने स ..read more
Visit website
वार्ता सफलको खबरसँगै नेप्सेमा उछाल, ४७ अंकको बढोत्तरी
Artha Sarokar
by Sudarshan Shrestha
3h ago
काठमाडौं । सेयर लगानीकर्ता र अर्थमन्त्रीबीच भएको वार्ता सफलको खबरसँगै नेप्सेमा उछाल आएको छ । आर्थिक विधेयकमार्फत ल्याइएको कर नीति खारेजी र ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमतिसँगै नेप्सेमा ४४ अंकको बढोत्तरी देखिएको हो । यो समाचार तयार पार्दासम्म सेयर बजार मापक नेप्से परिसूचक ४७.९३ अंकले बढेको छ । आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महत र सेयर लगानीकर्ताबीच भएको वार्ता सफल भएको हो । योसँगै बजार खुला भएको छ भने लगानीकर्ताको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । ..read more
Visit website
नेपालमा लगानी बढाउन भारतका उद्योगी व्यवसायीलाई प्रचण्डको आग्रह
Artha Sarokar
by Supriya Acharya
4h ago
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन भारतीय उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुल्ला ह्रृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन् । ‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ । लगानीमैत्री वातावरण बनाउन र लगानी भित्रयाउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री प्रचण्डले सर ..read more
Visit website
अन्ततः सफल भयो सेयर लगानीकर्ताको आन्दोलन, माग पूरा भएपछि आन्दोलन स्थगित
Artha Sarokar
by Sudarshan Shrestha
4h ago
काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलन अन्ततः सफल भएको छ । अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरिएको वार्ताका क्रममा आर्थिक विधेयकमार्फत ल्याइएको नयाँ कर नीति खारेज गर्ने सहमति भएको हो । अर्थमन्त्रालय र सेयर लगानीकर्ताबीच भएको उक्त समझदारीसँगै सेयर बजार खोल्ने सहमति पनि भएको हो । योसँगै लगानीकर्ताको आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । सरकारी नीतिको विरोध गर्दै लगानीकर्ताले आइतबार बिहानैदेखि सबै ब्रोकर हाउसहरुमा तालाबन्दी गरेका थिए । अर्थमन्त्रीसँगको वार्ता सकारात्मक भएसँगै अब कारोबार पुनः सुचारु हुने भएको छ । ..read more
Visit website

Follow Artha Sarokar on Feedspot

Continue with Google
Continue with Apple
OR