
Jana Aastha News Online
182 FOLLOWERS
The Jana Aastha National Weekly is a weekly tabloid published in Nepal.
Jana Aastha News Online
7M ago
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चितवन र सिन्धुलीको आमसभालाई सम्बोधन गर्नुभएको छ । उहाँले दिउँसो चितवनमा बोलेपछि हेलिकप्टरमा सिन्धुली पुगेपछि आयोजित सभालाई मुश्किलले १५ मीनेट सम्बोधन गर्नुभएको बताइन्छ ।
‘१५ मिनेट बोलेपछि काठमाडौं जान ढिला हुन्छ भन्दै हेलिकप्टरतिर जानुभयो । त्यसपछि राजधानी फर्कनुभयो,’ आमसभामा सहभागी एक जनाले भने । उहाँले एकछिन शहीद ऋषिराज देवकोटाको विषयमा प्रकाश पार्नुभएको थियो । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार छन् ।
आमसभामा अध्यक्ष ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट माग्नु भ्याउ ..read more
Jana Aastha News Online
7M ago
पोखरामा अभिषेक सुनारले नक्कली सुन राखेर दुईवटा बैंकबाट कर्जा लिए । एउटा मात्रै होइन उनले बैंकका दुई वटा शाखालाई झुक्याउँदा समेत त्यहाँका कर्मचारीले पत्तो पाएनन् ।
उनले राष्ट्रिय वाणिज्य बैंक बिरौटा शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोकको शाखाबाट ७ लाख ४५ हजार कर्जा लिएका हुन् । पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारले समयमा कर्जा र ब्याज नतिरेपछि बल्ल नक्कली सुनको रहस्य पत्ता लागेको बताइन्छ ।
उनले लामो समय कर्जाको साँवा र ब्याज नतिरेपछि छानबिन थालियो, धितो राखिएको सुन नक्कली भएको पत्ता लाग्यो । त्यसपछि प्रहरीले सराङकोटबाट सुनारलाई पक्राउ गरेको बताइन्छ ।
कर्जाको ब्याज तिर्न लामो ..read more
Jana Aastha News Online
7M ago
आगामी मंसिर ४ गतेदेखि कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ मा भाग लिन अर्जेन्टिनाको टोली कतारको राजधानी दोहा पुगेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोली आज कतार पुगेको हो ।
यस पटक विश्वकपको उपाधि दाबेदार अर्जेन्टिना समूह ‘सी’ मा छ । उक्त समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्यान्ड, साउदी अरब छन् । अर्जेन्टिनाले पहिलो खेल मंसिर ६ गते साउदी अरबसँग खेल्नेछ ।
३५ वर्ष उमेरका मेस्सीका लागि यो अन्तिम विश्वकप हुने बताइएको छ । अर्जेन्टिनाले यसअघि सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो । दुई पटक विश्वकप उपाधि जितिसकेकाले आफ्नो कप्तानीमा फेरि जित्ने कप्तान मेस्सीको योजना रहेको बताइ ..read more
Jana Aastha News Online
7M ago
निर्वाचनको तयारी र शान्ती सुरक्षाको पछिल्लो अवस्थाबारे जानकारी लिन हिजो कर्णाली प्रदेश र आज सुदूपश्चिमका विभिन्न जिल्ला पुगेको सरकारी टोली राजधानी फर्केको छ । हिजो बिहान मुख्यसचिवको नेतृत्वमा सात सदस्यीय टोली नेपाली सेनाको हेलिकप्टरमा त्यसतर्फ गएको थियो ।
सेनाको कल साइन एन ए ०५८ भएको अगुस्ता हेलिकप्टरमा सुर्खेतबाट जुम्ला हुँदै विभिन्न जिल्ला गएको टोलीमा मुख्य सचिव शंकरदास बैरागी, गृह सचिव विनोदप्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा, प्रधानमन्त्रीको कार्यालयका सचिव मधुकुमार मरासिनी र नेपाली सेनाका तीन जना वरिष्ठ अधिकृतहरु सामेल थिए । टोली आज दिउँसो ३ बजे राजधानी आइपुगेको हो ।
आजै चुनावी सभामा भा ..read more
Jana Aastha News Online
7M ago
प्रधान सेनापति प्रभुराम शर्माले आज काठमाडौंदेखि पूर्वका तीन स्थान पुग्नुभएको छ । उहाँ सेनाको कल साइन एनए ०५६ एमआई हेलिकप्टरमा स्थलगत बिफ्रिङ लिन आज बिहान हेटौंडाको सुपारेटार, सिन्धुली र इटहरीतर्फ जानुभएको हो । उहाँ १० सदस्यीय टोलीसँगै आज बिहान ९ बजे त्यसतर्फ जानुभएको काठमाडौंस्थित विमानस्थल कार्यालय स्रोतले बताएको छ ।
टोलीमा उपरथी तथा युद्धकार्य विभागका प्रमुख ताराध्वज पाण्डे, रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेल, महा सेनानी सुरज गुरुङ, सेनानी श्रवण मल्लिक, सह सेनानी युवराज श्रेष्ठलगायत थिए । त्यसैगरी चालक दलका पाँच जना सदस्य रहेको बताइन्छ ।
आजै बिहान सेनाको अर्को हेलिकप्टर ललितपुरको दक्षिणी ..read more
Jana Aastha News Online
7M ago
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण उहाँको पार्टी तीन टुक्रामा विभाजित भएको बताउनुभएको छ ।
पार्टी मुख्यालय, सानेपाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ओलीको असहिष्णुताका कारणले पार्टी तीन टुक्रा भयो । उहाँको सपना र आधारहीन कुरा कहिल्यै पूरा हुँदैन ।’
साथै, उहाँले एमाले छाडेका रुपन्देहीका उम्मेदवार घनश्याम भुसाललाई काँग्रेसले सघाउने घोषणा गर्नुभएको छ । काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिको आयोजनामा भएको कार्यक्रममा ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९’ को तयारीको विषयमा जा ..read more
Jana Aastha News Online
7M ago
नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनविरुद्ध ‘भण्डाफोर कार्यक्रम’ गरेको छ ।
काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा उनीहरुले आज दिउँसो विरोध सभा गरेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको प्रदर्शनमा महासचिव ललित विकलगायत झण्डै एक दर्जनको उपस्थिति रहेको बताइन्छ ।प्रदर्शनकारीहरुले ‘मंसिर ४ गते कथित निर्वाचन खारेज गरौं’, ‘अखिल क्रान्तिकारी जिन्दावाद’, ‘युवा विद्यार्थीको  ..read more
Jana Aastha News Online
7M ago
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताउनुभएको छ ।
तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँचदलीय गठबन्धन बनाउन ठूलो भूमिका निर्माण गरेकाले आगामी निर्वाचनपछि पौडेल देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एक पटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ, त्यो सम्भावना बढ्यो । तपाईंहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यसका ..read more
Jana Aastha News Online
7M ago
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भेटवार्ता गरेका छन् । आज दिउँसो साढे १२ बजेदेखि झण्डै एक घण्टा उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको बताइन्छ ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा आकांक्षी गजुरेलले टिकट नपाएपछि पछिल्लो सयम निर्वाचन प्रचारप्रसारमा सक्रिय देखिएका छैनन् ।
सोही सन्दर्भमा आज प्रधानमन्त्रीले गजुरेलसँग भेटवार्ता गर्नुभएको बुझिएको छ । ..read more