
Kantipur Daily
236 FOLLOWERS
This website is the official news portal of Kantipur National Daily. This Nepali language portal covers news, ideas, entertainment, sports, world, information technology, video and news and analysis of various dimensions of life.
Kantipur Daily
5d ago
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान र जनताको चाहना सम्बोधन गर्नका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । संसद्मा भएका राजनीतिक दलहरूका आ-आफ्ना विचारधारा भए पनि देशमा देखा परेका समस्या समाधान गर्नका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । ..read more
Kantipur Daily
5d ago
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणका लागि आफू दृढ रहेको भन्दै अन्य सांसदहरूलाई पनि त्यसको पक्षमा उभिन आग्रह गरेका छन् । सरकारले भ्रष्टाचार नियन्त्रणका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न उपाय ल्याएको भन्दै यसमा साथ दिनका लागि प्रधानमन्त्रीले अपिल गरेका थिए । ..read more
Kantipur Daily
5d ago
‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् । ..read more
Kantipur Daily
5d ago
सिर्सिया नदीको संरक्षणका लागि संघीय सरकारलाई दबाब दिन काँधमा नदीको दूषित पानी बोकेर पैदल यात्रामा निस्किएका अभियन्ताहरू काठमाडौं आइपुगेका छन् । हेटौंडा, नारायणगढ, मुग्लिङ हुँदै शनिबार साँझ थानकोट आइपुगेका उनीहरू यस रात मातातीर्थमा बास बस्नेछन् । ..read more
Kantipur Daily
5d ago
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।  ..read more
Kantipur Daily
3w ago
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा मन्त्री छनोट असमावेशी भएको भन्दै नेताहरूले विरोध जनाएका छन् । पार्टीभित्र महामन्त्रीहरूसँग समेत छलफल नगरी मन्त्री बनाएका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्री सिफारिस गर्दा समावेशी व्यवस्थाको सामान्य सिद्धान्तलाई समेत ख्याल नगरेको आरोप लगाएका छन् । ..read more
Kantipur Daily
3w ago
म्यानमार (वर्मा) सँग सीमा जोडिने पूर्वोत्तर भारतको प्रान्त मणिपुर चार दिनदेखि युद्धभूमि जस्तै बनेको छ । रैथाने मणिपुरी (मैतेई) र जनजाति समुदाय कुकी–जोमीबीच गत बुधबारदेखि चर्किएको हिंसात्मक आन्दोलनका कारण मणिपुर अशान्त बनेको छ । ..read more
Kantipur Daily
3w ago
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् । ..read more
Kantipur Daily
3w ago
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा विघटनपछि जनताको बलमा 'प्रतिगमन' परास्त गरिएको बताए । ..read more
Kantipur Daily
1M ago
प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने सहमति भएको छ। सिंहदरबारमा भएको ३ दलका शीर्ष नेताहरू बैठकले यस्तो सहमति गरेको हो । ..read more