बाजुरा अस्पतालमा विशषेज्ञ सेवा
Nagarik Dainik
by कृष्ण ओली
7m ago
चिकित्सक सेवा समेत प्रभावकारी नभएको आरोप खेपिरहने बाजुरा जिल्ला अस्पतालमा यतिबेला १० जना डाक्टर कार्यरत छन्। कार्यरत १० जना मध्ये ३ जना विशेषज्ञ डाक्टर छन्। अस्पताल स्थापना पछि यति ठूलो संख्यामा एकसाथ डाक्टर कार्यरत रहेको बाजुरा अस्पतालमा पहिलो पटक हो। दुर्गम जिल्लाका अस्पतालमा एमबीबीएस डाक्टर आउन नमान्ने, आएपनि सेवाका लागि लामो समय नबस्ने र बसेकाहरुका लागि स्थानीय स्तरबाट वातावरण नहुने आरोप लाग्दै आएको थियो। यो पटक विगतको आरोप चिर्न पनि डाक्टरको उपस्थितिले सफल भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्। केही महिना अघि मात्रै एमडीजीपी डाक्टरलाई सेवा गर्न नदिएको, कार्य ..read more
Visit website
जुम्लामा सामुदायिक विद्यालयका कर्मचारी धर्नामा
Nagarik Dainik
by गोल्डेन बुढा
7m ago
जुम्लाका सामुदायिक विद्यालयका कर्मचारीहरु धर्नामा बसेका छन्। आइतबार देखि शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको परिसरमा विद्यालयका लेखापाल र कार्यालय सहयोगीहरुले धर्ना सुरु गरेका हुन्। धर्ना कार्यक्रम शुक्रबारसम्म गर्ने नेपाल विद्यालय कर्मचारी परिषद् जुम्लाका अध्यक्ष रामबहादुर शाहीले बताए। सरकारले मागबारे कुनै सुनुवाई नगरेकाले धर्नालाई निरन्तरता दिन बाध्य भएको विद्यालय कर्मचारी परिषदका महासचिव शान्तिनाथ योगीले बताए। विद्यालय कर्मचारी लेखापाललाई खरिदार सरह र कार्यालय सहयोगीलाई श्रेणी विहिन स्तरको तलव सुविधा हुनु पर्ने,०७९ भदौँ १९ गते मन्त्रीस्तरीय बैठकले निर्णय गरेको कार्यान्वयन गर्नुपर्ने, संघ ..read more
Visit website
समाजमा अझै पनि जातिय विभेद हुने गरेको दलित समुदायका अगुवाहरूको गुनासो
Nagarik Dainik
by गोल्डेन बुढा
7m ago
समाजमा अझै पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुने गरेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका जुम्लाले आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूत उन्मुलन कार्यक्रममा अगुवाहरूले यस्ताे गुनासो गरेका हुन्। दलित सेवा संघ जुम्लाका अध्यक्ष भिम बहादुर नेपालीले जातीय विभेदले दलित समुदाय निकै अन्यायमा परेको गुनासो गरे। उनले भने, 'प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ग्रामीण क्षेत्रका दलित समुदायमा दिनहुँ जसो विभेदका घटना भइरहेका छन्।' जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले विगतको भन्दा धेरै जातीय विभेद न्यूनीकरणा भएको बताए। चन्दननाथ नगरपालिकाका उप-प्र ..read more
Visit website
प्रतिनिधिसभा बैठक सोमबार विहान ११ बजे बस्ने
Nagarik Dainik
by नागरिक
7m ago
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोधपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो। ..read more
Visit website
नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भयो: नेता पौडेल
Nagarik Dainik
by नागरिक
8m ago
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणिकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताए। उनले नागरिकता विधेयक प्रमाणिकरणको समय पनि नमिलेको टिप्पणी गरे। उनले भने ‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो। संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपथ्र्यो। संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणि ..read more
Visit website
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरे: सचेतक बर्तौला
Nagarik Dainik
by नागरिक
8m ago
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशमाथि गद्दारी गरेको उल्लेख गरे। उनले प्रधानमन्त्रीले देशको सार्वभौमिकता, अखण्डता र नेपालको जमिनमाथि धावा बोलेर आएको भन्दै त्यसप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए। नागरिकता विधेयकलाई असंवैधानिक रुपमा राष्ट्रघात हुने गरी प्रमाणीकरण गरिएको उनको भनाइ थियो। उनले भने ‘असंवैधानिक हिसाबले प्लेन चढ्नुभन्दा अगाडी नागरिकत ..read more
Visit website
नेपाल र भारतबीच डिजिटल पेमेन्ट सम्झौता, भुक्तानीमा सहजता आउने विश्वास
Nagarik Dainik
by नागरिक
8m ago
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन्। आईतवार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एसिएचएल) र भारतको नेसनल पेमेन्ट कर्पाेरेसन अफ इण्डिया (एनपिसिआई) बीच सम्झौताले नेपाल र भारत डिजिटल कारोबारमा सहजता ल्याउने बताए। उनले नेपाल र भारतका एकै किसिमका संस्थाहरुबीच क्रसबोर्डर डिजिटल पमेन्ट सम्झौता भएको भन्दै नेपाल भारत सी ..read more
Visit website
साताको पहिलो दिन नेप्स परिसूचकमा ५३ अङ्कको वृद्धि
Nagarik Dainik
by नागरिक
8m ago
साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो। आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ। नेप्सेका सबै सूचक आज हरियो भएका छन्। सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स तीन दशमलव ५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ९४ अङ्कले बढेको छ। सबै समूहका उपसूचक पनि बढेका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको ..read more
Visit website
देशको समग्र हीतको रक्षापछि मात्रै संसदमा गतिरोध अन्त्य हुन्छः ओली
Nagarik Dainik
by नागरिक
8m ago
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताका छन्। आईतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने उल्लेख गरे। उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो सेटल हुन्छ।’ प्रतिपक्षी दलहरुको बिरोधका कारण प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ। ..read more
Visit website
अर्थ मन्त्रालयले भन्यो: शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन
Nagarik Dainik
by नागरिक
1h ago
शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा शेयर लगानीकर्ता आज अर्थ मन्त्रालय पुगेका थिए। लगानीकर्तासँगको छलफलका क्रममा अर्थमन्त्रालयका अधिकारीले साविक कार्यान्वयनमा रहेको पुँजीगत लाभकर नै अन्तिम रहेको बताएका थिए। छलफलपछि मन्त्रालयले एक सूचना जारी गर्दै उक्त विषयमा थप स्पष्ट पारेको छ। सुचनामा सेयर कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा जनाइएको छ। 'आर्थिक विधेयक, २०८० को दफा २९ का सन् ..read more
Visit website

Follow Nagarik Dainik on Feedspot

Continue with Google
Continue with Apple
OR