दीपेन्द्रको विस्फोटक ब्याटिङ, एकैओभरमा ६ छक्का : कतारलाई २११ रनको लक्ष्य
Arthik Abhiyan
by अभियान संवाददाता
12h ago
काठमाडौ । एसिसी प्रमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो ।   ..read more
Visit website
तस्वीर: नयाँवर्षमा नयाँ पात्रोको व्यापारगर्दै इन्द्रचोक स्थित एक व्यापारी
Arthik Abhiyan
by अभियान संवाददाता
13h ago
 काठमाडौं । इन्द्रचोक बजारमा नयाँ वर्षको दिन नयाँ क्यालेण्डरहरु विक्री एक व्यपारी।  नयाँ वर्ष शुरू भएसंगै घर, अफिस लगायतका स्थानमा अत्यावस्यक पर्ने नयाँ नेपाली पात्रो खरिद गर्ने गरिन्छ । पछिल्लो समय विभिन्न संघसंस्थाले आफैले यस्तो पात्रो प्रकाशन गर्ने भएकाले पहिले जस्तो पात्रोको व्यपार हुनछोडेको व्यपारी बताउँछन् । कुनै समय राम्रै विक्रीहुने वार्षिक राशिफल सहितका पुस्तक पनि विक्रीहुन छाडेको उनिहरूको भनाइ छ ।  ..read more
Visit website
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर
Arthik Abhiyan
by
13h ago
त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ ।  अन्य समयमा सडकको त्यति धेरै महत्त्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ । सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन ।  ..read more
Visit website
स्वास्थ्य क्षेत्रमा २०८०:  कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक सम्म
Arthik Abhiyan
by
16h ago
काठमाडौँ : २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक  गरिन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो ।  ..read more
Visit website
दुई महीनामै सुन्तलाको मूल्य ३ गुणाले बढ्दा किसानलाई राहात
Arthik Abhiyan
by
17h ago
तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महीनामै तीन गुणा बढी मूल्य पाएका छन् ।  म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो । अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ । कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको रु एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डार सञ्चालनमा छ ।  ..read more
Visit website
कहाँ गए बाँकेका १६ सीमा स्तम्भ
Arthik Abhiyan
by
18h ago
राँझा । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ ओटा नेपाल(भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए । 'नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् । अन्य केही जीर्ण अवस्थामा छन्”, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, 'हराएका पिल्लर प्राय: राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुन:निर्माण हुन नसकेको हो ।” नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ । बाँकेमा भारतसँग ज ..read more
Visit website
मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो
Arthik Abhiyan
by
21h ago
ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो । अब केही ..read more
Visit website
कर छलेर ल्याइएका छ लाखका सामान बरामद
Arthik Abhiyan
by
21h ago
गाईघाट।  उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका रु छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो । बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् । ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताए ।  ..read more
Visit website
८ महीनामा वाणिज्य बैंकहरूले कमाए ४२ अर्ब ३० करोडभन्दा बढी नाफा, कुनको कति ?
Arthik Abhiyan
by अभियान संवाददाता
2d ago
काठमाडौं । चालू आर्थिक वर्ष (आव)को आठ महीनासम्म २० ओटा वाणिज्य बैंकले रू. ४२ अर्ब ३० भन्दा बढी नाफा कमाएका छन् ।  चालू आवको फागुन मसान्तसम्म सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले उक्त अवधिमा रू. ४ अर्ब ७२ करोड नाफा कमाएको हो । उक्त अवधिमा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । यस बैंकले चालू आवको ८ महीनामा रू. ३ अर्ब ४३ करोड नाफा कमाएको हो । उक्त अवधिमा ६ बैंकको नाफा २ अर्बभन्दा बढी छ ।  ..read more
Visit website
एक वर्षमा तोलामा २८ हजारभन्दा बढीले सुनको भाउ वृद्धि, किन बढिरहेको छ भाउ ?
Arthik Abhiyan
by अभियान संवाददाता
2d ago
काठमाडौं । पछिल्लो एक वर्षमा सुनको भाउ तोलामा २८ हजार २०० रुपैयाँले बढेको छ । यो वर्षको वैशाख १ गते १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको सुनको मूल्य वर्षको अन्तिम दिन (चैत ३० गते) १ लाख ३९ हजार रूपैयाँ कायम भएको छ ।  चैतमा मात्रै सुनको भाउ तोलामा १३ हजार २०० रुपैयाँले बढेको छ । चैत १ गते पहेंलो धातुको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ थियो । चैतमा सुनको भाउ बढेको मात्रै छैन, ११ पटक मूल्यमा रेकर्ड कायम पनि भइसकेको छ ।  ..read more
Visit website

Follow Arthik Abhiyan on FeedSpot

Continue with Google
Continue with Apple
OR