भक्तपुरमा आगोमा जलेर १० गाईको मृत्यु, १८ लाख बढी क्षति
Online Khabar
by Binod Ghimire
12m ago
१३ वैशाख, काठमाडौं । भक्तपुरको एक गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपानेले सन्चालन गरेको गाई फर्ममा वैशाख ११ गते ११ बजे आगलागी भएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरले आज वैशाख १३ गते दिएको जानकारी अनुसार आगोमा जलेर १० वटा गाई, टहरा र भाँडाकुँडासमेत गरी १८ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली पनि खटिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर जिल्ल ..read more
Visit website
नेपालबाट कतार पठाइएको छैन हात्ती तर भाइरल भइरहेको छ गलत भिडियो
Online Khabar
by Bikash Magar
12m ago
१३ वैशाख, काठमाडौं । अहिले सामाजिक सन्जालमा हात्ती ट्रकमा चढेको एउटा भिडियो भाइरल छ । त्यो भिडियोमा हात्ती एउटा टुलमा टेकेर ट्रकको ट्रलीमा उक्लिएको देखिन्छ । धेरै सामाजिक सन्जाल प्रयोगकर्ताले त्यो भिडियोलाई नेपालबाट कतार पठाउन लागिएको हात्ती यही हो भन्दै सेयर गरिरहेका छन् । तर त्यो सत्य भने होइन । मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएलगत्तै उनीसँगै हात्ती पनि पठाइयो भनेर सामाजिक सन्जालमा गलत प्रचार भइरहेको छ । जबकी कतार पठाउने भनिएका हात्ती चितवनको सौराहास्थित खोरसोरमै छन् । केही अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया पूरा गर्न बाँकी नै भएकाले ती हात्तीलाई ..read more
Visit website
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३३ प्रतिशत बढ्यो
Online Khabar
by Kamal Nepal
1h ago
१३ वैशाख, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३३.८ प्रतिशत बढाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा २२ करोड ६ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा प्रगति देखिएको हो । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ६ अर्ब ३७ करोड रुपैयाँ खुद प्रिमियम आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ४ अर्ब ५९ करोड थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८.६७ प्रतिशत छ । चैत मसान्तसम्म विभिन्न क्षेत्रमा यस कम्पनीले ..read more
Visit website
वर्ल्ड ट्रायथलनकी अध्यक्ष कासाडो नेपालमा
Online Khabar
by Bikash Magar
1h ago
१३ वैशाख, काठमाडौं । वर्ल्ड ट्रायथलनकी अध्यक्ष मारिसोल कासाडो ३ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् । यसक्रममा उनी पोखरा जानेछिन् । पोखरामा शनिबार २०२४ एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसप हुँदैछ । यसमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ र यो वर्ल्ड ट्रायथलनको मान्यता प्राप्त आधिकारिक प्रतियोगिता रहेको छ । नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ । वर्ल्ड ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पन ..read more
Visit website
डिस्कोर्स डबलीले काठमाडौंमा दुई दिने ‘विचार उत्सव’ आयोजना गर्ने
Online Khabar
by Bikash Magar
1h ago
१३ वैशाख, काठमाडौं । वैचारिक बहसको मञ्च डिस्कोर्स डबली सुरूआतको १० वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा २ दिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए । दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण,    ..read more
Visit website
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
Online Khabar
by Bikash Magar
1h ago
१३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए । कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउँछन् । कर्णाली प्रदेशको ..read more
Visit website
ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ
Online Khabar
by Bikash Magar
1h ago
१३ वैशाख, काठमाडौं । ललितपुरको ग्वार्कोमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ..read more
Visit website
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
Online Khabar
by Bikash Magar
3h ago
१३ वैशाख, काठमाडौं । प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्वअर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा भेला गराएका थिए । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन भनेका पौडेलले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्ला निराधार रहेको बताए । उनले हल्लाहरुको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर ..read more
Visit website
८०औं जन्मदिनमा नागरिकता उपहार
Online Khabar
by Bikash Magar
3h ago
१३ वैशाख, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र पाएकी छन् । २००० वैशाख १२ गते जन्मिएकी उनले संयोगवश आफ्नो जन्मदिनकै दिन नागरिकता पाएकी हुन् । कामीलाई मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ३५ वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न २/३ दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या हुँदा र नागरिकताको आवश्यकता नलिएर त्यसै बसेको उनले बताइन् । श्रीमान हुँदासम्म नागरिकता नबनाएको तर पछि उनको मृत्युपछि बनाउन खोज ..read more
Visit website
डीआईजी बढुवामा ४ ब्याचका एसएसपीबीच प्रतिस्पर्धा
Online Khabar
by Binod Ghimire
3h ago
१३ वैशाख, काठमाडौं । ज्येष्ठता कि कार्यक्षमता अनुसार बढुवा गर्ने भन्ने विषयमा विवाद हुँदा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा रोकिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले रिक्त रहेका ३ डीआईजी दरबन्दीमा कार्यक्षमताका आधारमा बढुवा गर्न प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई सुझाव दिएका छन् । तर कार्यक्षमतालाई मात्रै आधार मानेर बढुवा गर्दा विवाद हुने भन्दै विचार गर्नुपर्ने राय आईजी कुँवरले राखेको उनी निकट स्रोतको भनाइ छ । ‘गृहमन्त्रीज्यूले कार्यक्षमता अनुसार बढुवा गर्ने संकेत गर्नुभयो । ज्येष्ठतालाई पन्छाएर कार्यक्षमतालाई मात्रै केन्द्रमा रा ..read more
Visit website

Follow Online Khabar on FeedSpot

Continue with Google
Continue with Apple
OR